बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आजदेखि बिजुली जाने

काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आजदेखि बिजुली जाने

मेगा खबर संवाददाता

५, बैशाख २०८१
  • 847
    SHARES

  • काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आजदेखि बिजुली जाने

    काठमाडौँ, वैशाख ५ गते, काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा आज विहान ८ बजे देखि दिउँसो २ बजेसम्म विजुली जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । 

    यि क्षेत्रहरूमा सीतापाइला फिडर,कुलेश्वर वितरण केन्द्र,इचङ्गु फिडर,बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो,मुसलमान टोल,ज्योति एकेडेमी,कारखाना चोक र सशस्त्र प्रहरी बल,प्रधान कार्यालय,हलचोक क्षेत्र सशस्त्र प्रहरी बल,प्रधान कार्यालय,हलचोक,सानो भन्याङ,ठुलो भन्याङ,कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा,क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् । 

    विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्ममा रहेका १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर [तार] ले बदली गरी मर्मत कार्य गर्न लागिएको छ । 

    बुधवार, बैशाख ५ २०८१०६:३२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार