बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रूबेला विरूद्धको खोप

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रूबेला विरूद्धको खोप

मेगा खबर संवाददाता

८, चैत्र २०८०
  • 721
    SHARES

  • ५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रूबेला विरूद्धको खोप

    काठमाडौँ, सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।

    दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् ।

    ‘हाम्रो लक्ष्य अनुसार नै बालबालिकाले खोप लगाएका छन्’उनले भने,जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ । 

    सरकारले यस वर्ष दादुरा रुवेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोट जिल्ला बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको  थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो । 

    बिहिवार, चैत्र ८ २०८०११:२८:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार