बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य सर्त होः सञ्चारमन्त्री

राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य सर्त होः सञ्चारमन्त्री

  • 907
    SHARES

  • राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य सर्त होः सञ्चारमन्त्री

    काठमाडौं, माघ २७ गते, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारण सभाको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । 

    सरकारी,निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । ‘हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो,तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठुलो समस्याको रूपमा रहेको छ’ उनले भने,सरकारी क्षेत्रमा अनियमितता र चुहावटको ठुलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने लगायतका धेरै समस्या देखिने गरेको छ ।

    यी समस्या समाधान गर्न सुशासनलाई समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्ने र त्यसका लाग सरकारले सुशासन र सामाजिक न्यायलाई समृद्ध राष्ट्र निर्माणको आधार बनाउन खोजेको उनले चर्चा गरे । हिजो निरंकुशतन्त्रले जनताका अधिकारहरू कुण्ठित भएको बेलामा राजनीतिक अधिकारको एजेण्डा प्रधान भएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि आफूहरू सशस्त्र जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर आएको स्मरण गरे । 

    अब फेरिएको राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने एजेण्डा प्रमुख बन्न गएको उल्लेख गर्दै उनले थपे,अब जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य सर्त हो ।

    शनिवार, माघ २७ २०८००२:३४:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार