काठमाडौँ, काठमाडौँ महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।
महाराजगन्ज–लैनचौर–जमल खण्डमा तीन सय १८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म तीन सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म एक सय ८१ वटा,त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल–बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।
यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः तीन सय ४०, तीन सय ७४, एक सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलका अनुसार फराकिलो सडकमा एक सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।
यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।