बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२० प्रकारका औषधि उत्पादन गर्दै ,नेपाल औषधि लिमिटेड

२० प्रकारका औषधि उत्पादन गर्दै ,नेपाल औषधि लिमिटेड

  • 880
    SHARES

  • २० प्रकारका औषधि उत्पादन गर्दै ,नेपाल औषधि लिमिटेड

    काठमाडौँ, नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिमध्ये २० प्रकारका औषधि उत्पादन गरी वितरण गर्ने योजना अघि बढाइएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले जानकारी दिए । 

    यो उत्पादन थियो नेपाल औषधि लिमिटेडको । दर्जनौँ औषधि उत्पादन कम्पनी र विदेशका निजी कम्पनीहरूले औषधि बजारमा प्रभाव जमाइरहेको बेला गुणस्तरमा विश्वसनीयता जगाउन सक्नु चानचुने कुरा भने थिएन । अहिले भने नेपाल औषधि लिमिटेडले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । हाल उत्पादन गरिरहेका औषधीका अतिरिक्त सरकारले जनतालाई निःशुल्क वितरण गर्नका लागि आवश्यक पर्ने औषधी लिमिटेडले आफैँ उत्पादन गर्ने अन्तिम तयारी सम्पन्न भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधिमध्ये २० प्रकारका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको हो । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागि परेको बताए ।

    औषधि लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच समझदारी गर्न सुझाव दिइएको थियो ।
    त्यस्तै लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगोरुपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबिच सम्झौता भनिएको छ । हालसम्म नेपाल सरकारबाट भएको ऋण लगानी र सोको ब्याजलाई पुँजीमा रूपान्तरण गर्ने र संस्थाबाट माग भएअनुसार क्षमता विस्तार गर्न आवश्यक रकम  रु.२४ करोड ७८ लाख १२ हजारभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा गर्ने भनिएको छ ।

     

    शनिवार, पौष २८ २०८०१०:४०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार