शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा मात्रै थपिए ८०९ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै थपिए ८०९ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

११, आश्विन २०७७
  • 3.1K
    SHARES

  • काठमाडौं उपत्यकामा मात्रै थपिए ८०९ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घन्टायता थप ८०९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा   २१ महिला र   ५१ पुरुष गरि  ७१ जना र ललितपुरमा ४३  महिला र  ६१ पुरुष गरि १०४ जना रहेका छन् ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा जानकारी दिए । हाल  क्वारेन्टाइनमा  ६२८१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,६९८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८३२१ जना रहेको उनले बताए ।

    हालसम्म  ९ लाख  ८८ हजार ३२७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । 

    आइतवार, आश्विन ११ २०७७०४:३४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार