शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

थप १० जना कोरोना संक्रमितको मृत्यु, अहिलेसम्म ४७७ जनाले गुमाए ज्यान

थप १० जना कोरोना संक्रमितको मृत्यु, अहिलेसम्म ४७७ जनाले गुमाए ज्यान

मेगा खबर संवाददाता

११, आश्विन २०७७
  • 2.0K
    SHARES

  • थप १० जना कोरोना संक्रमितको मृत्यु, अहिलेसम्म ४७७ जनाले गुमाए ज्यान

    काठमाडौं । थप १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १० जनामा संक्रमण पुष्टि भएको हो ।

    यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार  गत २४ घण्टामा ८८५ जना निको भएर डिष्चार्ज भएका छन् । त्यस्तै हालसम्म ५३ हजार ८ सय ९८ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १९०१९ रहेका छन् । 

    त्यस्तै,आइतबार १० हजार १ सय ३३ जनामा गरिएको परीक्षणमा १५७३ जनामा संक्रमण देखिएको छ । गौतमका अनुसार अनुसार देशभर ६२८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

    आइतवार, आश्विन ११ २०७७०४:२८:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार