फाईल तस्बिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतले जनाएको छ । यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।
स्रोतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बोलाउने मनसायमा प्रधानमन्त्री पुगेको देखिन्छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाएको अड्कल गरिएको छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि पर्याप्त छलफल भएको थियो र यसको गृहकार्य अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।
ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।