काठमाडौँ, नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिक,हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क तोकिएको छ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।