चितवन। चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।
औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए । कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।