शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा

वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा

मेगा खबर संवाददाता

१०, आश्विन २०७७
  • 2.4K
    SHARES

  • वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा

    तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बस्नुभएका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोखरेलले खुशी हुँदै भने, “बत्ती आएपछि त घर नै उज्यालो भएको छ ।” 

    तनहुँको घिरिङ गाउँपालिकाले उक्त ठाउँमा १०० घरधूरीमा बिजुली विस्तार गरेपछि यहाँका स्थानीयवासी हर्षित छन् । स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुभक्त सिग्देलले वर्षौंदेखि बत्तीको आशमा बसेका यहाँका स्थानीयवासी विद्युत विस्तारपछि खुशी भएको जानकारी दिए । “सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानले तीव्रता पाउँदैछ, बिजुली विस्तार पनि त्यसकै एउटा पक्ष हो,” उनले भने, “जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँगाउँमा बिजुली विस्तारले तीव्रता पाएको छ ।”

    अत्रौलीमा १४० घर रहेपनि १०० घरमा बिजुली बलेको र बाँकी घरमा पनि केही दिनभित्रै बत्ती बल्ने घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।  “बत्ती बल्न बाँकी रहेका घरहरुमा मिटर जडानको काम भइरहेको छ, केही दिनमै बाँकी घरमा पनि बत्ती बल्छ,” उनले भने । उनका अनुसार एक हप्ताको अवधिमा २०० घरमा बिजुली विस्तार भइसकेको छ । यस अगाडि घिरिङ गाउँपालिका–२ काठेकोटका ४२ र माहोरकोटको ५९ घरमा बिजुली विस्तार गरिएको थियो ।

    थापाले साविक गजरकोट गाउँ विकास समितिको नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौलीलगायतका ठाउँमा पनि बत्ती बाल्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकामा अब आठ÷नौ सय घरमा मात्रै बत्ती बल्न बाँकी रहेको र कात्तिकसम्ममा सबै घर उज्यालो बनाइने थापाले जानकारी दिए । गाउँपालिकाले यहाँका ग्रामीण वस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए ।

    शनिवार, आश्विन १० २०७७०४:४३:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार