काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले बिहीबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित तथा बन्द हुने जनाएको छ ।
आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।
कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।