भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा पर्ने गोसपसल–सुडान–कलमसि सडकखण्ड अन्तर्गत करिब २ किलोमिटर सडकको दायाँ बायाँ वृक्षारोपण भएको छ । सो सडकखण्ड अन्तर्गत पर्ने गोसपुल–सानिसाँघु खण्डको करिब २ किलोमिटर सडकमा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको हो ।
सुडाल इट्टा उद्योग भेगिए समिति तथा लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार कार्यक्रम आयोजना भएको हो ।
चाँगुनारायण वडा नं ८ का वडाध्यक्ष परासार सापकोटा, वडा नं ९ का वडाध्यक्ष गणेश त्यात, प्रहरी वृत्त, जगातीका डिएसपी लगायतको उपस्थितिमा शनिबार वृक्षारोपण भएको हो । कार्यक्रमको सभापतित्व इटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातिभाई ह्योम्वाले गरेका थिए । लायनस क्लब भक्तपुर, डिस्ट्रिकका अध्यक्ष डा. शुशिला मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वृक्षारोपणको आवश्यक्ता र महत्वको बारेमा चर्चा समेत भएको थियो ।
कार्यक्रममा सहभागीहरुले आगामी दिनमा पनि विभिन्न ठाउँमा वृक्षारोपण सहितको हरियाली सहर निर्माणमा लागि पर्नपर्ने आवश्यक्ता रहेको औंल्याएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।