बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

१५ लाखले पाए राष्ट्रिय परिचयपत्र

१५ लाखले पाए राष्ट्रिय परिचयपत्र

मेगा खबर संवाददाता

१०, मंसिर २०८०
  • 1.1K
    SHARES

  • १५ लाखले पाए राष्ट्रिय परिचयपत्र

    काठमाडौंं, मङ्सिर १० गते, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्ममा नेपालको विभिन्न जिल्लाका १५ लाख ६४ हजार पाँच सयभन्दा बढी मानिसले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन् । 

    विभागकी शाखा अधिकृत प्रमिला रिजालका अनुसार हालसम्म विभागबाट २३ लाख ८४ हजार सात सय ७४ वटा परिचयपत्र छापिएको छ । विभागबाट १५ लाख बढी परिचयपत्र जिल्ला प्रशासन कार्यालय पठाइसकेका छौं । अहिले ७७ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण भइरहेको छ,शाखा अधिकृत रिजालले भनिन्,केही जिल्लाहरूमा दर्ता सम्बन्धी तालिम पनि सञ्चालन हुँदैछ ।

    उनका अनुसार परिचयपत्रको लागि भने एक करोड ३४ लाख १२ हजार सेवाग्राहीले विवरण दर्ता गराएका छन् । राष्‍ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो । नागरिकको फोटो सहितको स्मार्ट कार्डमा व्यक्तिगत विवरण तथा बायोमेट्रिक विवरण (आँखाको नानीको फोटो,१० औंलाको छाप र विद्युतीय हस्ताक्षर) समावेश हुन्छ । परिचयपत्रको लागि विवरण बुझाएको २४ घण्टा भित्र व्यक्तिले राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन) प्राप्त गर्न गर्छन् । कार्ड उपलब्ध नभएसम्म आवश्यक परेका ठाउँमा सोही एनआइएन भए पुग्छ ।

     

    आइतवार, मंसिर १० २०८००४:५७:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार