काठमाडौैँ, मङ्सिर ९ गते, गत चैतदेखि सिम्रौनगढ नगरपालिका-८ कचोर्वा आधारभूत विद्यालयमा कार्यरत शिक्षक नरेन्द्र पराजुलीको शुक्रबार निधन भएको छ ।
सिन्धुपाल्चोक बाह्बिसे- ८ एक्लेविसि घर भएका ३५ वर्षीय नरेन्द्र पराजुली शिक्षक सेवा आयोगबाट नाम निकालेपछि उनि आधारभूत विद्यालयको दरबन्दीमा थिए । शुक्रबार साँझ उनको शव कचोर्वा नयाँ बजारमा फेला परेको हो । घटनास्थलबाट प्रहरीको टोलीले शव पोस्टमार्टमका लागि कलैया प्रादेशिक अस्पताल पुर्याएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवले मेगाखबरलाई जानकारि दिए ।
नगरपालिकाबाट पाँच महिनादेखि तलब नपाएर नगरपालिकाविरूद्ध आन्दोलनमा रहेका शिक्षकहरू घटनास्थलमा पुगेका थिए । तलब नपाएर शिक्षक पराजुली केही समयदेखि निकै तनावमा रहेको प्रधानाध्यापक रामायण साहले बताए । १ सय ९५ शिक्षक गत ४० दिनदेखि तलबका लागि आन्दोलनमा छन् । दसै,तिहार,छठमा समेत उनीहरूले तलब नपाएको शिक्षकहरुको गुनासो छ ।
सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी शाह कलवारका अनुसार तलव नपाएको हो तर नगरपालिकामा रहेका कर्मचारि अक्तियारको कारवाहिमा परेको र कार्यकारि प्रमुख तिन महिनादेखि नभएको कारणले कुनै पनि खर्च गर्न नपाएको र तलव भत्ता वितरणमा समेत समस्या परेको नगर प्रमुख किशोरी शाह स्विकार्छन् ।