शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

गृहमन्त्री थापाले गरे कालापानी क्षेत्रको हवाई अनुगमन

गृहमन्त्री थापाले गरे कालापानी क्षेत्रको हवाई अनुगमन

मेगा खबर संवाददाता

१०, आश्विन २०७७
  • 2.5K
    SHARES

  • गृहमन्त्री थापाले गरे कालापानी क्षेत्रको हवाई अनुगमन

    कैलाली ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शनिबार बिहानै तिकर र कालापानी क्षेत्रको हवाई निरीक्षण गरेका छन् । नेपाल र भारतको सीमाक्षेत्र कालापानी समेटेर समेटेर नक्सा जारी गरेपछि त्यसक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती बढाइएको छ 

    छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुगेका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गर्ने भएका हुन् । त्यसैगरी चीनसँग जोडिएको तिंकरको वस्तुस्थितिबारे पनि उनले जानकारी लिए ।

    त्यस्तै, भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिएका छन् ।

    गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने,सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन् ।

    शनिवार, आश्विन १० २०७७०९:२६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार