फाईल तस्बिर
धादिङ । अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरामा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् ।
घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।