बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा दिए जोड

नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा दिए जोड

मेगा खबर संवाददाता

१, मंसिर २०८०
  • 1.6K
    SHARES

  • नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा दिए जोड

    काठमाडौँ, लिथवेनियाका लागि नेपालका गैरआवासीय राजदूत प्रा डा.रामस्वार्थ रायले नेपाल–लिथवेनिया सम्बन्ध विस्तारमा जोड दिएका छन् । 

    गणतन्त्र लिथवेनियाका राष्ट्रपति गितानस नौसेदासमक्ष हिजो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा नेपालका राजदूतले पारस्परिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिए । 

    नेपालको सामाजिक–आर्थिक विकासमा लिथवेनिया सरकार तथा जनताबाट प्राप्त सहयोगका निम्ति उनले हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । 

    शुक्रवार, मंसिर १ २०८००८:२३:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार