शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

धारिलो हतियारको आक्रमणमा परि  तीन घाइते

धारिलो हतियारको आक्रमणमा परि  तीन घाइते

मेगा खबर संवाददाता

९, आश्विन २०७७
  • 3.3K
    SHARES

  • धारिलो हतियारको आक्रमणमा परि  तीन घाइते

    फाईल तस्बिर

    ताप्लेजुङ । एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका  सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौँ लगिएको छ ।

    टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएकोे छ  ।काठमाडौँबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका स्थानमा बस्दै आज दिउँसो मात्र याम्फुदिनमा आइपुगेको वडाअध्यक्ष टसी भोटेले जानकारी दिए ।

    “हेलिकप्टर झिकायौ ।  हिजो विहानैदेखि मौसम राम्रो थिएन ।  घाइतेलाई बोकेर कतै लैजाने अवस्था पनि नदेखिए पछि हेलिकप्टरकै भरमा थियौँ ।  बिहानै काठमाडौँबाट उडेको हेलिकप्टर मौसम अनुकूल नहुँदा ठाउँठाउँमा बस्दै आज आयो र घाइतेलाई लिएर फर्कियो” उनले भने ।
     
    बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पालाई  बिहीबार नै पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयमा  प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घर नजिकैको पराल राख्ने खोल्माबाट लाक्पालाई पक्राउ गरेको उनले बताए ।  घटनाका बारेमा अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ । 

    शुक्रवार, आश्विन ९ २०७७०७:३७:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार