बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भोलि यी स्थानमा ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

भोलि यी स्थानमा ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

मेगा खबर संवाददाता

१७, कार्तिक २०८०
  • 1.3K
    SHARES

  • भोलि यी स्थानमा ७ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौँ, कात्तिक १७  गते, विद्युत प्राधिकरण शनिबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिंहदरबार र आसपासका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ ।

    शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने बताएको हो ।

    यस नेपाल विद्युत प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू,जिल्ला प्रशासन कार्यालय समेत बबरमहल,पुतलीसडक,बागबजार,कमलादी,हात्तीसार,डिल्लीबजार,असन,महाबौद्ध,जमल,घट्टेकुलो,अनामनगर,ज्ञानेश्वर, नक्साल,सेतोपुल,रातोपुल क्षेत्रमा मिति २०८००७१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ । 

    2023-11-03-12-01-33-gopa-kattik-17_page-0006-1698983009.jpg

    शुक्रवार, कार्तिक १७ २०८०१०:४२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार