बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अब सवारी चालकले लाइसेन्स बोक्न नपर्ने

अब सवारी चालकले लाइसेन्स बोक्न नपर्ने

मेगा खबर संवाददाता

१३, कार्तिक २०८०
  • 1.1K
    SHARES

  • अब सवारी चालकले लाइसेन्स बोक्न नपर्ने

    काठमाडौँ, कात्तिक १३ गते, सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ । 

    ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए । 

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताए । ‘खासमा सडकमा लाइसेन्स नै नबोकी पनि सवारी हाँक्ने चालक भेटिन्छन्, जसका कारण दुर्घटना निम्तिन्छन्, यस्ता चालकलाई कारबाहीको दायरामा ल्याउन ट्राफिकले ठाउँठाउँमा आकस्मिक चेक प्वाईन्ट राख्छ,भट्टले भने,‘चेक प्वाईन्टमा लाईसेन्सधारी चालक ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा फेलापरे नागरिक एपमा देखाए पुग्छ,बाँकी अन्य कारबाही सामान्य अवस्थाकै अनुसार हुन्छ ।

    यदि नागरिक एपमा लाइसेन्स लिंक गरिएको छैन भने चालकहरूलाई एपमा लाइसेन्स लिंक गर्न समेत पोस्टमार्फत् अनुरोध गरिएको छ।

    आदरणीय सेवाग्राहीहरु,
    नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ।
    यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।
     
     

    सोमवार, कार्तिक १३ २०८००४:५५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार