फाईल तस्बिर
पर्वत । भारी वर्षाको कारणले मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पुनः अवरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका– १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक सडक अवरुद्ध हुँदै आएको छ ।
गत मङ्गलबार रातिदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजेपछि एकतर्फी चलेपनि रातिदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिएका छन् । वर्षा नरोकिएकाले पहिरो खुलाउन सकिएको छैन ।
सामान्य वर्षा हुने वित्तिकै पहिरो ठूलो भएकाले ढुङ्गा र लेदो बगेर आउँछ । वर्षा हुँदा स्काभेटर प्रयोग गरेर हटाउन समेत कठिन भएकाले २० घण्टादेखि बाटो अवरुद्ध बनिरहेको उनले बताए । पाङ जोड्न सहस्रधारा – पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन घण्टौ रोकिने गरेका छन । अहिले लामो दुरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात ब्यवसायी र यात्रु प्रभावित हुन पुगेका छन ।
सडक खुलाउन स्काभेटर तयारी अवस्थामा छ । दैनिक चारपाँच घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक पाँच हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ ।
भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउछन् । मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगर बताउछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।