शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

हेटौँडामा पाउडर दूध उद्योग निर्माण 

हेटौँडामा पाउडर दूध उद्योग निर्माण 

मेगा खबर संवाददाता

८, आश्विन २०७७
  • 2.1K
    SHARES

  • हेटौँडामा पाउडर दूध उद्योग निर्माण 

    फाईल तस्बिर

    वाग्मती। हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजनासमेत तयार गरेको जनाएको छ । रु ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि  निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाको कार्य भइरहेको छ । 

    प्रदेश दूध विकास बोर्डका अधिकृत सत्रुधन शाहका अनुसार चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित न्युरोनीमा उक्त उद्योग निमार्ण हुन लागेको हो । त्यसका लागि दुई बिघा जमिनसमेत छुट्याइएको शाहले बताए । 

    प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ । संस्थानको विराटनगरमा पाउडर उद्योग छ ।

    दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानहरुको भनाइ छ ।            

    बिहिवार, आश्विन ८ २०७७०५:४६:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार