शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

भरतपुर अस्पताल डुवानमा

भरतपुर अस्पताल डुवानमा

मेगा खबर संवाददाता

८, आश्विन २०७७
  • 1.8K
    SHARES

  • भरतपुर अस्पताल डुवानमा

    फाईल तस्बिर

    चितवन । भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो । 

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भएपनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्यायो भन्ने एकिन हुन नसकेको उनले बताए । 

    अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भएपनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन । 

    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको बताए । अस्पतालमा धेरै कोभिडका बिरामी हुने भएकाले अन्य बिरामीका लागि सीमित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । उनले भने “जेनेरेटर लगाएर पानी फाल्दा पनि फाल्ने ठाउँ छैन । ” पानी पर्न नरोकिएसम्म विकल्प निकाल्नै कठिन भएको अधिकारीले जानकारी दिएका छन् । 

    वर्षेनी सो क्षेत्रमा डुवानको खतरा हुने भएकाले ढल निकासका लागि र खानेपानीका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा अनुरोध गरिएको छ । अधिकारीका अनुसार करिब रु. १२ करोड खर्च लाग्ने भएकाले मन्त्रालयमा अनुरोध गरिएको छ ।
     
    अस्पतालसँगै यस क्षेत्रको प्रायः सबै सरकारी कार्यालय डुवानमा परेका छन् । भतरतपुर महानगरपालिका वडा नं. १०, ११, १२ र ७ का धेरै क्षेत्र जलमग्न भएका छन् । 

    बिहिवार, आश्विन ८ २०७७०५:३४:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार