काठमाडौँ, पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।
यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ ।
कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् ।बाग्मती प्रदेशमा ४ हजार ९४० संक्रमित भएका छन् । क्रमशः १ हजार १४२ सुदूरपश्चिम प्रदेश, ६७२ लुम्बिनी, ५९० मधेस, र १३१ कर्णाली प्रदेश संक्रमण पुष्टि भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।