शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

तीनदिन देशभर वर्षा, सतर्क रहन आग्रह 

तीनदिन देशभर वर्षा, सतर्क रहन आग्रह 

मेगा खबर संवाददाता

८, आश्विन २०७७
  • 2.9K
    SHARES

  • तीनदिन देशभर वर्षा, सतर्क रहन आग्रह 

    फाईल तस्बिर

    काठमाडौं । मौसम विज्ञान विभागले  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको  जनाएको छ । 

    भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन् । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । 

    हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं। १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ । 

    राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं। १, २, ५, वाग्मती र गण्डकी प्र्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ८४.५,  धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ  । 

    बिहिवार, आश्विन ८ २०७७०१:२३:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार