बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

वास्तु शास्त्रको अध्ययन तथा अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने

वास्तु शास्त्रको अध्ययन तथा अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने

मेगा खबर संवाददाता

१९, आश्विन २०८०
  • 1.1K
    SHARES

  • वास्तु शास्त्रको अध्ययन तथा अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने

    काठमाडौं, असोज १९ गते  वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ ।

    दुवै देशका विद्वान्लाई सहभागी गराएर नेपालमा आयोजना गरिएको छ हप्ते गोष्ठी समापनका अवसरमा शनिबार दुई विश्वविद्यालयबीच सम्झौता गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए । पछिल्लो समय नेपालमा वास्तुको अध्ययन,अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुवै देशका विद्वान्लाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको थियो ।

    जसको समापनका अवसरमा ऐतिहासिक सम्झौता गर्न लागिएको हो । शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएकामा विद्वान्ले जोड दिएपछि दुवै विश्वविद्यालयबीच सम्झौता गरी यसलाई अघि बढाउन लागिएको हो । पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएकाले यसको उत्पत्तिस्थल नेपालमा यसको पुनरुत्थान गर्न लागिएको उनले बताए । 

    महर्षि महेश योगीले विश्वव्यापी रुपमा प्रचारप्रसार गरेको वैदिक ज्ञानका १२ क्षेत्रमध्ये वास्तु पनि एक हो । यसअघि यस किसिमका चारवटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्यान्डमा सम्पन्न गरिएको थियो । नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ । 

    कार्यक्रममा एसिया, युरोप,उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आर्किटेक इञ्जिनियरको सहभागिता रहेको छ । कार्यक्रमको समापन र दुई देशका दुई विश्वविद्यालयबीच शनिबार राजधानीमा सम्झौता गरिने कार्यक्रम रहेको जनाइएको छ ।

    शुक्रवार, आश्विन १९ २०८००३:३१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार