काठमाडौं । बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा गएको पहिरो पीडितलाई राहत उपलब्ध हुने क्रम जारी छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय यूवा संघको १ नम्बर प्रतिनीधिसभा क्षेत्रिय कमिटी राहत स्वरुप सिरक उपलब्ध गराएको हो ।
पहिरोमा घरबास पूर्ण रुपमा क्षति भएका ५० परिवारलाई न्यानो राहत स्वरुप सिरक प्रदान गरिएको हो ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा तथा उपमेयर शुशिला पाख्रिनसँग समन्वय गर्दै बाह्रबिसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठको रोहवरमा युवा संघले पहिरोपीडितलाई सिरक प्रदान गरेको हो ।
विभिन्न संस्था र ब्यक्तिहरुसँग समन्वय गरि पहिरो पीडितलाई सिरक उपलब्ध गराइएको यूवा संघ १ नम्बर प्रतिनीधि सभा क्षेत्रिय कमिटीका संयोजक सुमित काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार टेको फाउण्डेशन, लायन्स क्लब अफ काडमाडौ भिजन नेपाल तथा विभिन्न ब्यक्तिहरुको सहयोगमा पूर्ण रुपमा घरवास गुमाएका पहिरोपीडितका लागी सिरकको व्यवस्था गरिएको हो ।
यूवा संघले जम्बु बाढीमा पूर्ण रुपमा घर क्षति भएका परिवारलाई पनि सिरक प्रदान गरेको छ । जाडो नजिकिँदै गर्दा विस्थापितहरुलाई न्यानो स्वरुप सिरक प्रदान गरिएको यूवा संघ प्रतिनीधि सभा १ नम्बर क्षेत्र अन्तर्गत प्रदेश क का संयोजक दावा लामाले बताए ।
यूवा संघ विपतमा पीडित जनताको साथी बनिरहेको भन्दै जिल्ला संयोजक सविन आचार्यले दाता र स्थानीय सरकारसँग समन्वय गरि जिल्लाभर राहत पु¥याउने बताए ।
यसअघि पनि जिल्लाका विभिन्न ठाउँमा भएका विपदमा युवा संघ केन्द्रीय कमिटीदेखि जिल्ला कमिटीसम्मले सहयोग गर्दै आइरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।