शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

मेगा खबर संवाददाता

७, आश्विन २०७७
  • 3.3K
    SHARES

  • ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने

    फाईल तस्बिर

    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा  ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।
     
    कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।
      
    लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, माहामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुपर्यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिए ।  

    प्रतियोगितामा सहभागीले बढीमा तीन फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिए । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ ।

    बुधवार, आश्विन ७ २०७७०३:४०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार