शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि कुखुराको खोरमा आश्रय लिदै पहिरो पीडित

पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि कुखुराको खोरमा आश्रय लिदै पहिरो पीडित

मेगा खबर संवाददाता

७, आश्विन २०७७
  • 2.0K
    SHARES

  • पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि कुखुराको खोरमा आश्रय लिदै पहिरो पीडित

    फाईल तस्बिर

    गलकोट । पहिरोले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका छन् । 

    गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर बिकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएका हुन् । बिकको १४ वर्षीय छोरा वीरेन्द्र बिक र छ वर्षीय नाती प्रवेश बिकसमेत उक्त पहिरोमा पुरिएर मृत्यु भएको थियो भने बिकको ५२ वर्षीया श्रीमती डिलसरा विक घाइते भएका थिए । 

    पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बसेका कारण बच्न सफल भएको बताउँदै हिराबहादुर बिकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गरेका छन् । “रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएका थिए । तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत परिएछ”, उनले भने, “अहिले हामी घर न घाटको भयौं, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।” 

    आर्थिक अवस्था नाजुक रहेको ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् । “पोखरेलले घर नबन्दा सम्मका लागि कुखुराको खोरमा बस्नु भन्नुभएको छ”, उनले भने, “खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठिक छ ।” गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था पनि छैन । गाउँघरमा मजदूरी गरेर ६ जना छोरोछोरीको लालनपालन गर्दै आएका बिक पहिरोले घरनै बगाएपछि ठूलो सङ्कटमा परेको छ । 

    बिकको तीन छोराछोरीमध्ये जेठी छोरी विवाह भइसकेको छ भने जेठो छोराले पनि बिहे गरेर सुसुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारिका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उनको दैनिक गुजारा चलाउन समेत समस्या भएको छ ।

    बुधवार, आश्विन ७ २०७७०२:३५:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार