बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजदेखि देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै

आजदेखि देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै

मेगा खबर संवाददाता

३, आश्विन २०८०
  • 1.0K
    SHARES

  • आजदेखि देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै

    काठमाडौं, असोज ३ गते देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन् ।

    त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन् । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ ।

    जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग छन् । महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ । महासङ्घले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् । 

    यता विभिन्न सरोकारवाला निकायले आन्दोलन नगर्न भनेका छन् । नेपाल नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घले आन्दोलन नगर्न भनेको हो । असहमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने भन्दै उनीहरूले आन्दोलनको विकल्प खोज्न आग्रह गरेका हुन ।

     

    बुधवार, आश्विन ३ २०८००८:५१:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार