बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन

मेगा खबर संवाददाता

२, आश्विन २०८०
  • 889
    SHARES

  • अब सार्वजनिक सवारीको लागि छुट्टै लेन

    काठमाडौँ, काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ ।  

    हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो । असोज ३ गतेदेखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रङ लगाइरहेको छ ।

    बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ । उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ । सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ ।

    अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने केएमसी कन्ट्रक्सनका साइड म्यानेजर जितु सुवेदीले जानकारि दिए । 

    मंगलवार, आश्विन २ २०८०१२:४९:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार