शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकको बाह्रविसे ८ र ९ को सिमानामा पर्ने ‘अधेँरि खोला झरना’ को चर्चा

सिन्धुपाल्चोकको बाह्रविसे ८ र ९ को सिमानामा पर्ने ‘अधेँरि खोला झरना’ को चर्चा

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 10.0K
    SHARES

  • सिन्धुपाल्चोकको बाह्रविसे ८ र ९ को सिमानामा पर्ने ‘अधेँरि खोला झरना’ को चर्चा

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–८ र ९ स्थित मानेस्वारा र राम्चे गाउँको सिमाना पर्ने ‘अधेँरि खोला झरना’को चर्चा बढ्न थालेको छ । जिल्लास्थित बाह्रविसे बजारबाट करिब २ घन्टाको पैदल मार्गमा पुग्न सकिने उक्त झरनाका तस्बिरहरुले सामाजिक सञ्जालमा स्थान पाउन थालेको छ । 

    केही समयअघिबाट सामाजिक सञ्जाल टिकटक लगायतमा ‘बाहुबली झरना’ नाम गर्दै काभ्रेको रोशी गाउँपालिकाको एक मनमोहक झरनाले चर्चा कमायो । अहिले राजधानी लगायत विभिन्न ठाउँका आन्तरिक पर्यटकहरुको ‘रिफ्रेसमेन्ट होलि डे’ मनाउने उपयुक्त गन्तव्य बन्न थालेको छ । अहिले उक्त झरनाजस्तै देखिने बाह्रविसेको यो झरनालाई पनि धेरैले मनमोहक झरनाको रुपमा लिएका छन् । 

    घुमाउरो सिढीको गोरेटो बाटो हुँदै करिब २ घन्टाको पैदलयात्रामा पुग्न सकिने यो ठाउँमा जाँदा बाटोमा मनोरम सिन्धुपाल्चोक लगायतका जिल्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ । स्थानियका अनुसार गाडि वा मोटरसाईलबाट त्यहाँ जाँदा कम्तिमा ३० मिनेटसम्मको पैदल हिँड्नपर्छ भने सवारी साधनमार्फत नै झरनामा पुग्न सकिन्छ । 

    पैदल यात्रामा हुँदा भोटेकोशि बगिरहेको दृश्यावलोकन निकै राम्रो देखिने स्थानियहरुको भनाई छ । यसलाई प्रचार–प्रसार गर्दै राजधानीबाट नजिकमा रहेको सिन्धुपाल्चोकको आन्तरिक तथा पर्यटकीय क्षेत्रको विकासमा सघाउ पुग्ने स्थानियको विश्वास छ ।राजधानीबाट बाह्रविसेसम्म पुग्न मोटरसाइकल वा बसमा राजधानीबाट करिब ४ देखि ५ घन्टाको यात्रामा पुग्न सकिन्छ ।  साथै, त्यहाँ पुग्नुअघि बाटोमा दोलालघाट, सुकुटे, भोटेकोशी, बन्जी जम्प लगायतका चर्चित क्षेत्रहरु बाटोमै पर्छ । 

    यसलाई संरक्षण र संर्वद्धन गर्न सके बाह्रविसे क्षेत्रको मात्रै नभएर सिंगो सिन्धुपाल्चोक जिल्लाको परिचय बन्न सक्ने भन्दै सामाजिक संजालमा विभिन्न प्रचार बढ्न थालेको छ ।

    तस्बिर सौजन्य : युधिर पौडेल

    117644152_2724701107787218_6912165001269142002_n.jpg

    117444608_579489046055134_6358891545688904663_n.jpg

    मंगलवार, आश्विन ६ २०७७१०:५६:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार