शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

सभामुखद्वारा सञ्चारकर्मी तथा कर्मचारीलाई पुरस्कार वितरण

सभामुखद्वारा सञ्चारकर्मी तथा कर्मचारीलाई पुरस्कार वितरण

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 2.8K
    SHARES

  • सभामुखद्वारा सञ्चारकर्मी तथा कर्मचारीलाई पुरस्कार वितरण

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत सञ्चारकर्मी तथा कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेका छन् । प्रेस काउन्सिल नेपालको ५१ औं बार्षिकोत्सब कार्यक्रममा सभामुख सापकोटाले पुरस्कार प्रदान गरेका हुन् । 

    नेपाल पत्रकार महासंघ, काठमाडौंमा भएको समारोहमा सभामुख सापकोटाले पुरस्कार प्रदान गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए ।

    ‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज प्रेस काउन्सिल नेपालको ५१ औं बार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन एवम् प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत सञ्चारकर्मी तथा कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ ।’ सभामुख सचिवालयले जनाएको छ । 

    मंगलवार, आश्विन ६ २०७७०९:४७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार