बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अब सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

अब सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 3.5K
    SHARES

  • अब सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

    काठमाडौं । अब सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । आगामी कात्तिक १५ गतदेखि ऋणको ब्याजदर १४।१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । 

    सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४।७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो ।


    यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो ।

    सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहनेगरी सन्दर्भ ब्याजदर तोकिएको हो । 

    सहकारी नियमावली, २०७५ मा गरिएको व्यवस्थाअनुसार समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घहरुको औसत ब्याजदर, सहकारी बैङ्कहरुको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानन बमोजिम इजाजत प्राप्त वाणिज्य बैंकको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदनहरु, राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घहरुवाट प्राप्त सुझावका आधारमा सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरुमा सन्दर्भ ब्याजदर तोकेको जनाएको छ ।

    समितिका थप चार बैठक तथा प्राविधिक उपसमितिको दुईवटा बैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्थाबमोजिम ब्याजदर निर्धारण भएको छ । सहकारी नियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम समितिले सन्दर्भ व्याजदर निर्धारण गर्दा वचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घको औसत व्याजदर, सहकारी बैङ्कको औसत ब्याजदर, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनबमोजिम “क” वर्गको इजाजत प्राप्त बैंकको औसत ब्याजदरलाई हरेर नयाँ ब्याजदर कायम गरिएको थियो । यस्तै ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घबाट प्राप्त सुझाव समितिले उपयुक्त देखेका अन्य आधारलाई पनि हेरिएको जनाइएको छ ।

    ब्याजदर निर्धारण गर्दा बचतमा भारित औसतभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी, वचत र ऋणको व्याजदरको अन्तर छ प्रतिशतभन्दा घटीलगायत सिद्धान्त अवलम्बन गरिएको समिति संयोजक पाण्डेले बताए । सन्दर्भ ब्याजदर तोक्ने कामको अलावा विभागले सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको प्रभावकारी कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

    सहकारी मन्त्रालयको स्वीकृतिमा साधारणसभा (कार्य व्यवस्था) कार्यविधि २०७६, सम्पत्ती शुद्धीकरण निवारणसम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन (दोश्रो संशोधन) २०७७ र बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको सुपरीवेक्षण, निर्देशन तथा अनुगमन कार्यविधि २०७७ तर्जुमा गरिसकेको छ । यस्तै सहकारी क्षेत्रको वित्तीय प्रतिवेदन ढाँचा (लेखा नीति, लेखा सूची र लेखा मापदण्ड, २०७६, सहकारी प्रवद्र्धन कोष सञ्चालन कार्यविधि, २०७६, बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको कार्यसञ्चालन कार्यविधि २०७७ पनि तर्जुमा भएको छ । सहकारी क्षेत्रमा सुशासनका लागि आवश्यक नीतिगत संरचना बनाउने कार्यतर्फ विभाग अग्रसर रहेको जनाइएको छ ।

     

    मंगलवार, आश्विन ६ २०७७०८:५५:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार