शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 1.7K
    SHARES

  • डा. केसीको उपचारलाई आठ सदस्यीय चिकित्सक टोली

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ ।
    उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।सन्तोष पौडेलले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै नेपालगञ्जबाट ल्याइएका डा। केसीको स्वास्थ्य उपचार गर्नका लागि आज टोली गठन गरेको हो ।

    टोलीमा डा. मुकेश शर्मा पौडेल, डा. अनन्तभक्त उप्रेती, डा. अनिल बराल, डा। जितेन्द्रकाजी श्रेष्ठ, डा सुजिता मानन्धर, डा. घनश्याम थापा र डा. हरिहर खनाल रहेका छन् ।
    उपचारका लागि डा.केसी वीर अस्पतालमा आएपनि कोभिड १९ को डेडिकेटेड अस्पतालका रुपमा वीरलाई अहिले रुपान्तरण गरेपछि सेन्टरमा उनको उपचारका लागि ल्याइएको छ । उनको उपचार गर्न गठित चिकित्सकको टोलीले स्वास्थ्य उपचार गर्न खोज्दा नमानेको सेन्टरका डा.पौडेलले जानकारी दिए ।

    मंगलवार, आश्विन ६ २०७७०७:५८:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार