बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पेरिसमा सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

पेरिसमा सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

मेगा खबर संवाददाता

१४, भाद्र २०८०
  • 1.1K
    SHARES

  • पेरिसमा सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

    काठमाडौं, भदौ १४ गते, फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ । शुक्रबारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो ।

    यस वर्षको अप्रिल २ मा एक लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको विरुद्धमा मतदान गरेका छन् । इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा सुरु गरिएको थियो ।

    एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताए । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको बताए ।अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताए । उनले नजिकैको स्थानमा घुम्नका लागि यो एकमात्र सही साधन भएको जानकारी दिए । केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उहाँको भनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने बताए ।

    ट्याक्सीभन्दा सस्तो भएकाले यसले धेरै मानिसहरुलाई सहज बनाउने बताउनुभयो । उहाँले शहरमा किन सार्वजनिक विद्युतीय स्कुटरमा प्रतिवन्ध लगाइएको हो भन्नेकुरा आफूले बुझ्न नसकेको बताए । ई।स्कुटर प्रतिवन्ध लगाउनु राम्रो विचार नभएको बताए । अर्का एक बासिन्दाले भने ई।स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिबन्ध लगाउनु राम्रो भएको बताए ।ई।स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उहाँको भनाइ छ । ई।स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने बताउनु भयो ।

    बिहिवार, भाद्र १४ २०८००१:५२:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार