काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।
पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान् छ । शनिबारको तुलनामा आइतबार मौसममा थप सुधार देखिएको थियो । आज र भोलि अझै सुधार देखिने मौसमविद् मानन्धरले बताइन् । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर रहेपनि पानी पार्न आवश्यक मोइस्चर कमजोर बनेकाले तत्काल भारी वर्षा र झरी पर्ने सम्भावना देखिँदैन,’उनले भनिन् । भारतको आसामतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका पूर्वी भूभागमा सामान्यदेखि आंशिक बदली हुने मानन्धरले जानकारी दिइन् ।
अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक (दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू (भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू (भागका थोरै स्थानमा हल्का वर्षा छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक (दुई स्थानहरुमा हावा (हुरीको छ । दिउँसो काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली भई एक दई स्थानमा छिटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले जानकारी दिइन् ।
रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा छ । मनसुन अवधिभर मौसम सुधार हुने र फेरि बदली हुने चक्र चलिरहने मौसमविद् मानन्धरले बताइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।