शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

हात्तीको समूहबाट क्षति, स्थानीयवासी आतङ्कित

हात्तीको समूहबाट क्षति, स्थानीयवासी आतङ्कित

मेगा खबर संवाददाता

६, आश्विन २०७७
  • 2.3K
    SHARES

  • हात्तीको समूहबाट क्षति, स्थानीयवासी आतङ्कित

    फाईल तस्बिर

    सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतङ्कित बनेका हुन् ।

    गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ । स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको हिलट्याङ्कमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए ।

    स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताए । सोमबार पनि नौवटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरुले बताए । 

    बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्याउँदासमेत हात्ती नियन्त्रण हुनसकेको छैन ।

    मंगलवार, आश्विन ६ २०७७०९:३३:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार