बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बंगलादेशी पर्यटकलाई पर्यटन बोर्डले पञ्चेबाजा बजाएर गर्यो स्वागत

बंगलादेशी पर्यटकलाई पर्यटन बोर्डले पञ्चेबाजा बजाएर गर्यो स्वागत

मेगा खबर संवाददाता

१, भाद्र २०८०
  • 1.1K
    SHARES

  • बंगलादेशी पर्यटकलाई पर्यटन बोर्डले पञ्चेबाजा बजाएर गर्यो स्वागत

    काठमाडौं, भदौ १ गते बंगलादेशबाट पहिलो लटका करिब दुई सय पर्यटकको समूह नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी सात सय बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । 

    यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । 

    राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ । एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलोपटक हो ।

    शुक्रवार, भाद्र १ २०८००४:५६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार