शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

फेवातालको सुन्दरता जोगाउन सफाइ अभियान

फेवातालको सुन्दरता जोगाउन सफाइ अभियान

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 2.2K
    SHARES

  • फेवातालको सुन्दरता जोगाउन सफाइ अभियान

    फाईल तस्बिर

    पोखरा । युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवाला, अभियान र आगामी योजनाको बारेमा जानकारी गराएको छ ।
     
    लेकसाइड र आसपासका १८ युवाको सक्रियतामा फेवाताल सफाइ अभियान शुरु गरिएको थियो । फेवातालको खपौदीदेखि बाराहीघाट, गौरीघाटसम्म सफाइ गरेर करीब २७ सय बोरा फोहोर सङ्कलन गरिएको अभियानका सदस्य विशालजंग थापाले जानकारी दिएका छन् ।

    “हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला वीरगञ्जको साइकल यात्रा गरेका थियौ, त्यस लगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौ, अहिले हाम्रो १८ जना युथको सक्रियता रहेको छ ”
    थापाले अभियानको उद्देश्य प्रकृती संरक्षण, युवा सक्रियता र जनचेतना रहेको जानकारी दिए ।

    पर्यटन व्यवसायी गणेश भट्टराईले वातावरण फोहोर भए मानसिकतानै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा  जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु  सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राखेका छन् ।
     
    नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताए । रेवान पोखरका अध्यक्ष भिमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्न सक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिए ।

    पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिए । 

    सोमवार, आश्विन ५ २०७७०७:३२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार