शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

जबर्जस्ती करणीको आरोपमा तीन युवा पक्राउ

जबर्जस्ती करणीको आरोपमा तीन युवा पक्राउ

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 1.5K
    SHARES

  • जबर्जस्ती करणीको आरोपमा तीन युवा पक्राउ

    फाईल तस्बिर

    काभ्रेपलाञ्चोक । एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ ।

    आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी  महिलालाई विभिन्न मितिमा डर, त्रास र  धम्की दिई पटकपटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् ।

    शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ 

    सोमवार, आश्विन ५ २०७७०६:४२:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार