काठमाडौँ, साउन २२ गते, सरकारले पप्पु कन्स्ट्रक्सन सहित २३ दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।
सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा पप्पुरकोशी एण्ड न्यौपानेलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । पूर्वाधार विकास कार्यालयको सिफारिसमा नतासा निर्माण सेवा भरतपुरलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
धेरैजसो सडक डिभिजन भरतपुरबाट आएको सिफारिसका आधारमा ठेकेदार व्यवसायी कालोसूचीमा परेको कार्यालयको सूचीमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।