काठमाडौँ, साउन १२ गते आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तर्क्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल) का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउँछन् ।
नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ,डा. केसीले भने ।
के हो हेपाटाइटिस ?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुन्छन् । कलेजोरोग विशेषज्ञ डा .थामको विधि फरक हुन्छ ।
हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको पाइन्छ । भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन,लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन् ।
रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुर्व्यसनी फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिन्छ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुन्छ। हेपाटाइटिस ए र इभन्दा बी र सीको सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ) का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् ।
जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीति अनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।
हेपाटाइटिस कसरी बच्ने ?
चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने,रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा .शर्माको सुझाव छ ।
‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यस रोग कम हुँदै जान्छ,उनले भने । उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ ।
हेपाटाइटिसको उपचार
आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ,डा. केसी भन्छन्, ‘बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।
डा. केसी जनचेतनाको अभावमा बिरामीले अनावश्यक जथाभावी औषधिको सेवन गर्न नहुने बताउँछन् । उनका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उनका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवती महिलामा बढी सङ्क्रमण हुन्छ ।
हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उनी भन्छ्न,औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ।’ सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ । डा .शर्मा भन्छन्,हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सक्ने सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।
ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ। सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो। त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उनको सुझाव छ ।
नेपालमा हेपाटाइटिसको समस्या
सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जनामा हेपाटाइटिस रोग हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा ए र इ बढी देखिन्छ,प्रत्येक वर्ष वर्षायाममा बढी देखिने हुन्छ ।
‘बीको एक प्रतिशतभन्दा कम छ । कुनै–कुनै ठाउँमा धेरै छ। जस्तै मनाङ, मुस्ताङ,डोल्पामा धेरै छ,डा केसी भन्छन्, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिन्छ । एचआइभीलाई महत्त्व दिइएजसरी हेपाटाइटिस बीलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नपर्ने डा । शर्मा बताउँछिन् ।
उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हेपाटाइटिस प्राथमिकतामा परेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।