शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

खुर्पा प्रहार गरी ससुराको हत्या

खुर्पा प्रहार गरी ससुराको हत्या

मेगा खबर संवाददाता

५, आश्विन २०७७
  • 2.1K
    SHARES

  • खुर्पा प्रहार गरी ससुराको हत्या

    फाईल तस्बिर

    कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

    ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन् । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् ।

    उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने  प्रहरी नायब उपरीक्षक खाँणले बताए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सोमवार, आश्विन ५ २०७७०८:५५:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार