काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ खड्कागाउँमा पहिरोको उच्च जोखिममा रहेर स्थानान्तरण गरिएका ३५ घरधुरीलाई सहयोग प्राप्त भएको छ । लायन्स क्लबको सहयोगमा आइतबार सोही क्षेत्रमा पुगेर राहत तथा सहयोग वितरण गरिएको हो ।
बलेफी–१ का वडाध्यक्ष मधु बहादुर थापाको उपस्थितिमा राहत वितरण भएको थियो । यसअघि पहिरोको उच्च जोखिममा रहेको खड्कागाउँलाई गाउँपालिका अध्यक्ष केदार क्षेत्री, सोही वडाका अध्यक्ष मधु ब थापा, गाउँपालिका उपाध्यक्ष कमला कायस्थ लगायतको विशेष पहलमा बस्ती सारिएको थियो ।
सम्बन्धित समाचार
बलेफी–१ को ३५ भन्दा बढी घर पहिरोको उच्च जोखिममा
पहिरोको उच्च जोखिममा रहेका बलेफी–१ खडकागाउँका २५ घरधुरी स्थानान्तरण
गाउँपालिकाको प्राविधिक टोलीले गरेको सर्वेक्षणमा ३५ घरधुरीमध्ये २५ उच्च जोखिममा रहेका घरको तत्काल स्थान्तरण गर्नपर्ने भएपछि स्थानान्तरण भएको थियो ।
खड्कागाउँको बस्ती जोखिममा रहेको समाचार मेगाखबरले विशेष स्थान दिएर प्रकाशन गरेको थियो । लायन्स क्लबले सिन्धुपाल्चोकका इन्द्र बहादुर कार्कीको पहलमा सहयोग जुटेको हो । आपत विपदको बेलामा लायन्स क्लबले सहयोग गरेकोमा वडाध्यक्ष थापाले धन्यवाद ज्ञापन गरेका छन् । सानै सहयोग भएपनि दुःखको बेलामा ठूलो हुने बताउँदै उनले दुःखको बेलामा सहयोग गरेको लायन्स क्लबको सहयोग नबिर्सने उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।