काठमाडौं, साउन ३ गते, काठमाडाैं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।
सार्वजनिक जग्गा कब्जा गरेर 'भद्रकुमारी घले सेवा सदन' सञ्चालन गरेपछि उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ । यस्तै, त्यहाँको विद्यालय व्यवस्थापन महानगरकाे शिक्षा विभागले गर्ने बताइएको छ ।