शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

मेगा खबर संवाददाता

४, आश्विन २०७७
  • 3.1K
    SHARES

  • प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

    फाईल तस्बिर

    चौतारा । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक धरोहरको रुपमा परिचित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीस्थित प्रसिद्ध त्रिपुरासुन्दरी माईको मन्दिरको पुनःर्निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।

    विसं २०४५ सालको भूकम्पबाट चिरा परेको मन्दिरलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको रु तीन करोड ९५ लाखको लगानीमा पुनःर्निमाण भएको हो ।

    दुईतले प्यागोडा शैलीको मन्दिरको पुनःनिर्माण कार्य हालसम्म ९५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताएका छन् । दोलखामा भीमसेन र त्रिपुरासुन्दरी माईको मन्दिर रहेको छ भने तौथलीमा पनि त्रिपुरासुन्दरी र भीमसेन मन्दिरको स्थापना भएको हुँदा दुवै ठाउँको धर्म, संस्कृति तथा जनजातिमा एकरुपता देखिन्छ ।

    मल्लकालमा दोलखाको राजकुमारी विवाह गरेर तौथलीमा आएको र उनको साथमा नोकर चाकर तथा सुसारेहरू समेत दाइजोको रुपमा आएको भनाइ रहेको छ । प्राचीनकालमा दोलखा र तौथलीलाई शहर भनिदै आएको र सो प्रचलन अहिले पनि कायमै छ ।

    सत्ययुगमा सतीदेवीको पछाडिको अङ्गपतन भएकाले शक्तिपीठको रूपमा पनि त्रिपुरासुन्दरीलाई मानिदै आएको छ । सात दिदीबहिनीमध्ये त्यहाँको देवी कान्छी भएको किंबदन्ती रहेको छ । त्यहाँ नटेश्वर महादेवको पनि मन्दिर रहेको छ । सत्रौं शताब्दीमा रञ्जना लिपिमा लेखिएको शिलालेख अहिलेसम्म पनि यहाँ स्थापित रहेको छ ।

    प्राचीनकालमा ढुङ्गाको मूर्तिबाट पूजाआजा गरिँदै आएकामा मल्लकालदेखि स्वर्णमूर्ति स्थापित भएको स्थानीय वृद्धहरुको भनाइ रहेको छ । सो स्थानमा पुग्न हाल चारैतिरबाट सडक सञ्जाल जोडिएको हुँदा सहज भएको छ । 

    हिउँदमा काठमाडौँदेखि खरिढुङ्गा हुँदै तौथली र काठमाडौ–लामोसाँघु–पिस्कर हुँदै तौथलीसम्म यात्रु बस सञ्चालन हुँदै आएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले बताए ।

    आइतवार, आश्विन ४ २०७७१२:३६:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार