बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य

मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य

मेगा खबर संवाददाता

१५, आषाढ २०८०
  • 946
    SHARES

  • मलेसियालाई नेपालले दियो १८४ रनको लक्ष्य

    काठमाडौँ,  असार  १५ गते, नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई १ सय ८४ रनको बलियो लक्ष्य दिएको छ ।

    बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भए ।अहिले मलेसिया जवाफी ब्याटिङ गरिरहेको छ ।

    नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता निर्धारण गर्नेछ । समूह बी मा हङकङ र सिंगापुर दुबै खेलमा जितका साथ ४–४ अंक जोडेका छन् ।

    हङकङ नेटरनरेटको कारण शीर्ष र सिंगापुर दोस्रो स्थानमा छन् । यी दुबै टोली सेमिफाइनलमा पुगेका छन् । समूह विजेता यी दुई देशबीच शुक्रबार हुने खेलले निर्धारण गर्नेछ । 

    शुक्रवार, आषाढ १५ २०८०१२:१७:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार