शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

काेराेना अपडेटः ७२.०७ प्रतिशत संक्रमितले जिते कोरोना, १२०४ जना थपिए 

काेराेना अपडेटः ७२.०७ प्रतिशत संक्रमितले जिते कोरोना, १२०४ जना थपिए 

मेगा खबर संवाददाता

३, आश्विन २०७७
  • 1.2K
    SHARES

  • काेराेना अपडेटः ७२.०७ प्रतिशत संक्रमितले जिते कोरोना, १२०४ जना थपिए 

    काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

    त्यस्तै, पछिल्लो २४ घन्टामा देशभर एक हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिए ।

    काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थएिका छन् । थपिएका संक्रमितमा काठमाडौंका मात्रै ५७० जना रहेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका छन् ।

    साथै, पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ४४७ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । कोरोनालाई जितेर डिस्चार्ज हुने ७२.०८ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए । 

    शनिवार, आश्विन ३ २०७७०५:४६:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार